अन्जनराज न्यौपाने
तनहुँ, असोज ३० – नदिजन्य पदार्थ उत्खनन् गर्ने ५ सवारी साधन प्रहरीको नियन्त्रणमा परेका छन् । जिल्लाको व्यास नगरपालिका-५ मादी पुल नजिक ३ सय मिटर पश्चिम तर्फको बेलटोला भन्ने स्थानबाट उक्त सवारी साधन नियन्त्रणमा लिईएको हो ।
बिहिवार विहानै देखि अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरि लोड गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयबाट डियूटी खटिएका प्रहरी कर्मचारीहरुले ग १ त ४०१०, ग १ त ५९९७, ग २ त ६९८७, ग १ त ६०४७ र ग १ त २९८१ नं. को ट्याकटरहरुलाई फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि व्यास नगरपालिकाको कार्यालय दमौलीमा पठाएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए।
FACEBOOK COMMENTS