काठमाडौं, साउन ६ – नेपाल स्टक एक्सचेन्ज लि. र नबिल बैंक लिमिटेड थान १०५ नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता भएको छ ।
मंगलवार सम्झौता पत्रमा नेप्सेकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरे ।
चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २० लाख थान १०५ नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत् २० लाख थान १०५ नबिल डिबेन्चर २०८२ खुल्ला बिक्री आव्हान गरेको थियो ।
यसरी सर्वसाधारणमा वितरण गरिएको २०,००,००० थान ऋणपत्र वितरण भई यस स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।
नबिल बैंकले आफ्नो देशभर ११८ वटा शाखा कार्यालयहरु, १७५ एतियम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सन्जाल मार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ ।
FACEBOOK COMMENTS