काठमाण्डौं- भर्खरै जारि भएको मौदि«क नीतिको बु“दा नम्बर ९७ अन्तर्गत सहायक स्तरदेखि अधिकृत स्तर सम्मका कर्मचारीहरुलाई तालिम दिने प्रावाधान कार्यान्वयन गर्ने प्रथम बैंक नबिल बैंक भएको छ ।
नबिल बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट ( एन.बी.आई ) बीच आज सो तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता अनुसार नबिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि एन.बी.आईद्वारा संचालित अन्तर्रािष्ट्रय स्तरको जानबि कोर्समा ६०० जना कर्मचारीहरुलाई तालिम दिने व्यवस्था गरिएको छ ।
उक्त सम्भौतापत्रमा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाह र एन.बी.आई का प्रमुख कार्यकारी अधिकृत श्री संजिब सुब्बा बीच हस्ताक्षर भएको बैंकले विज्ञप्ती निकाली जनाएको छ ।
FACEBOOK COMMENTS