काठमाडौं – नबिल बैंकको सञ्चालकमा मलय मुखर्जी मनोनित भएका छन् । हालै सम्पन्न कम्पनीको ४९३ औं सञ्चालक समितिको बैठकले बैंकको क समूहका सेयरधनीको तर्फबाट मुखर्जी संचालकमा नियुक्त गरेको हो ।
मुखर्जीले गत भदौ १ बाट नै पदबहाली गरिसकेका छन् ।
नव मनोनित सञ्चालक मुखर्जी कर्जा विश्लेषण, जोखिम व्यवस्थापन, प्रविधि विकास लगायत बैंकिङ क्षेत्रको लामो अनुभव तथा ज्ञान रहेको बरिष्ठ बैंकर हुन् ।
उनले आईएफसीआई लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशकको जिम्मेवारीका साथै आईएफसीआई समूह अन्तर्गत रहेका विभिन्न कम्पनीहरुमा अध्ययन भूमिका निर्वाह गरिसकेका छन् ।
सेन्ट्रल बैंक अफ इंडियामा सेप्टेम्बर २०१२ देखि डिसेम्बर २०१३ सम्म कार्यकारी निर्देशकको पदमा समेत काम गरेका छन् ।
FACEBOOK COMMENTS