![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नबिल बैंकले असार ४ गते ४ बजेदेखि ७ गते विहान ९ बजेसम्म आफ्नो सेवा बन्द गर्ने भएको छ ।
बैंकले कोर बैंकिङ सिस्टममा स्तरोन्नती गर्न लागेको भन्दै त्यो समय बैंकको सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ एटीएम, कार्ड क्रेडिट-प्रिपेड कार्ड बाहेक’ रेमिट्यान्स लगायतका सेवाहरु एवम् बैंकिङ कारोबार पूर्णरुपमा बन्द गर्न लागेको हो ।
बैंकले सूचना जारी गर्दै बैंकिङ कारोबार बन्द हुने समयमा आइपर्न सक्ने कारोबारका लागि सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न भनेको छ ।
FACEBOOK COMMENTS