काठमाडौं, चैत १२ – नबिल बैंकले हिरोज् अफ नेपालको दोस्रो संस्करणमा सेफ सन्ताेष साहलाई सम्मान गरेकाे छ । बैंकले बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाबीच उनलाई सम्मान गरेकाे हाे । बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्चको रुपमा नबिल बैंकले हिरोज् अफ नेपाल सुरु गरेकाे हाे ।
सेफ सन्तोष साहले बेलायतको मास्टरसेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गरेर नेपालीलाई गौरवान्वित बनाएकाे कारण उनलाई यस उपाधीबाट सम्मान गरिएकाे बैंकका सिइओ अनिल केसी शाहले बताए ।
यस्तै बैंकले शेफ शाहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न पनि प्रतिबद्धता समेत जनाएकाे छ ।
FACEBOOK COMMENTS