काठमाण्डौं-निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकवर्गहरुलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्य सहित रिद्धि सिद्धि सिमेन्टले केही महिना अघि “शिलान्यास रिद्धि सिद्धिसँग”नामक विशेष योजना ल्याएको थियो । यही योजनालाई निरन्तरता दिँदै नयाँ वर्ष २०७८ को शुभ अवसरमा शिलान्यास गर्न चाहने ग्राहकवर्गलाई सानो भेट स्वरूप एक शिलान्यास पूजा सामग्री सेट प्रदान गर्ने भएको छ ।
कम्पनीले प्रदान गर्ने उक्त पूजा सेटमा तामाको कलश ५ थान, चाँदीको कछुवा १ थान, चाँदीको नाग र नागिन १ जोडी, चाँदीको सिक्का १० ग्राम १ थान, हात्तीको प्रतिमा १ थान, जौ, तील, कुश १ प्याकेट, पञ्चरत्न धातु १थान, सलाई १ थान, बाटेको धुप १ प्याकेट र कपुर १थान रहने छ ।
योजनाको लाभ उठाउन ग्राहकवर्गले कम्पनीको निःशुल्क टोल फ्रीनम्बर १६६००११२४४४ (नेपाल टेलिकम)÷९८०१५७२११२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन् । साथै,कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वापत्रिकामा प्रकाशित विज्ञापनमा रहेको QR Codeस्क्यान गरी रिद्धि सिद्धि सिमेन्टको वेबसाइटमा गई त्यहाँ रहेको फारम भर्नुपर्नेछ। अथवा, रिद्धि सिद्धि सिमेन्टको आधिकारिक विक्रेतामा सम्पर्क राख्नुपर्नेछ ।
यो योजनाप्रथम १००० उपभोक्तालाई मात्रलागु हुनेछ र यसका लागि न्यूनतम शिलान्यासको शुभ अवसरमा १०० बोरा खरिद गरिएको हुनुपर्नेछ ।
यस योजनामा सहभागी हुन तलको लिङ्कमा क्लिक गर्नुहोस् ।
http://riddhisiddhicements.com/campaign
FACEBOOK COMMENTS