काठमाडौं, २९ मंसिर – कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा नवजात शिशु स्याहार तथा उपचार केन्द्र (एनआइसियु) सेवा प्रारम्भ भएको छ।
शरीर काम्ने, जन्मदा कम तौल भएका, अवधी पूरा नभई जन्मिएका, श्वासप्रश्वासमा समस्या, निमोनिया, रक्त अल्पता, जण्डिस तथा विभिन्न संक्रमणबाट पीडित नवजात शिशुको उपचार हुने एनआइसियु सेवा अस्पतालमा सोमबारदेखि शुरु भएको हो।
अस्पतालका मेडिकल डाइरेक्टर एंव हार्डजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर विदुरमणी ढकालले रिवन काटेर उद्घाटन गरेका हुन। डाक्टर ढकालले भने –‘एनआइसियूमा अहिले १० वेड रहेको छ। त्यसमा दुई वटा भेन्टिलेटर सहित छ।’
उनले एनआइसियु सेवा शुरु भएसंगै अस्पतालमा जन्मने नवजात शिशुको उपचारमा थप सहजता हुने बताए। उनले भने –‘अस्पतालमा दैनिक सरदर १५ बच्चा जन्मिने गरेका छन। त्यसमा दुइदेखि तीन नवजात शिशुहरुलाई एनआइसियूमा राख्नुपर्ने अवस्था आउ“छ।’ उनले अस्पतालले नवजात शिशुको उपचारका लागि अन्यत्र पठाउनु नपरोस भनेर सो सेवा सुरु गरेको बताए।
FACEBOOK COMMENTS