काठमाडौं, वैशाख २० – गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुख सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ गराएकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले आजै उनीहरुलाई नियुक्त गरेकी थिइन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीका अमिक शेरचन र सुदूरपश्चिमकी शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै पौडेल र यादवलाई नियुक्त गर्ने सिफारिस गरेको थियो ।
यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए । माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।
परियारको ठाउँमा सरकारले राजेश झा ‘अहिराज’लाई नियुक्त गरिसकेको छ ।
FACEBOOK COMMENTS