काठमाडौँ, १३ फागुन – संयुक्त राज्य अमेरिका र दक्षिण अफ्रिकाका लागि नियुक्त भएका नेपाली राजदूतले पद तथा गोपनियताको सपथ लिएका छन् ।
अमेरिकाका लागि राजदूतमा नियुक्त भएका लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि डा निर्मलकुमार विश्वकर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
उक्त सपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थित रहेको थियो ।
FACEBOOK COMMENTS