सहबान अन्सारी
काठमाडौं, फागुन १७ – नवलपरासीको सिमा क्षेत्रको बिभिन्न स्थानबाट करिब १ लाख ८५ हजार १ सय ७० रुपयाँ मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर पश्चिम नवलपरासीको मातहत सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी,बोर्डर आउट पोष्ट भुजहवा र सुरक्षा वेश सेमरीबाट जिल्लाको प्रतापपुर वडा नं. २ सिसहनिया, वडा नं. ६ कठहवा र सरावल गाउँपालिका वडा नं. ६ भटौलियामा सशस्त्र प्रहरीको मोबाईल तथा पैदल गस्ती टोलीले भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याउदै गरेको लत्ता कपडा,चिनी,ज्वेलरीका सामानहरु नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको अबैध सामाहरु आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालयमा बुझाईएकोे सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिए ।
FACEBOOK COMMENTS