काठमाडौं – नविल बैंकले ६ महिनामै २ अर्ब नाफा कमाएको छ ।
बैंकले पुस मसान्त अवधीमा २ अर्ब ४ करोड नाफा आर्जन गर्न सफल भएको हो ।
नविलले पछिल्लो ३ महिनामा १ अर्ब ७७ करोड ब्याज आम्दानी वृद्धि गरेको देखिन्छ । असोज मसान्तमा १ अर्ब ८४ करोड ब्याज आम्दानी गरेको बैंकले पुस मसान्त आईपुग्दा ३ अर्ब ६१ करोड पुर्याउन सफल भएको हो ।
बैंकले ३ महिनामा निक्षेप ६ अर्बले वृद्धि गरेको छ । असोज मसान्तमा १ खर्ब ४३ अर्ब निक्षेप संकलन गरेको बैंकले पुस मसान्तमा १ खर्ब ४९ अर्ब पुर्याएको हो ।
बैंकको कर्जा लगानी भने ३ महिनामा २ अर्बले मात्रै बढेको देखिन्छ । असोजमा १ खर्ब २८ अर्ब कर्जा लगानी गरेको बैंकले पुसमा १ खर्ब ३० अर्ब मात्रै पुर्याएको छ ।
नविलको खराब कर्जा ०.६२ प्रतिशत मात्रै छ भने आधार ब्याजदर ७.९४ प्रतिशत रहेको छ । बैंकको कष्ट अफ फण्ड ५.९२ प्रतिशत मात्रै छ भने सिडी रेसियो ७८.५० प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS