काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले नागढुंगा– धुलिखेलको योजना अघि बढेको बताएका छन् ।
पर्यटन मन्त्रालयले बिहीबार आयोजना गरेको पर्यटन क्षेत्रको भावी कार्यदिशा सम्बन्धी अन्तक्रियामा उनले पर्यटन पवर्द्धनका लागि छोटा दुरीका रेल्वेबारे अध्ययन गर्नुपर्ने बताएका हुन् ।
मन्त्री खतिवडाले ‘अबको १० वर्षमा ५० लाख पर्यटक ल्याउन गाह्रो छैन तर त्यसका लागि केही काम गर्नुपर्ने छ ।’
त्यसकालागि क्षेत्रिय विमानस्थल बढाउनुपर्ने र फ्लाइट दोब्बर गर्नुपर्ने बताउँदै उनले भने, ‘कम्तिमा एक सय फ्लाइट चाहिने मैले देखेको छु ।’
नेपालको आर्थिक समृद्धिको सपना पूरा गर्नका लागि पर्यटन प्रवर्द्धन र उद्योग नै उपयुक्त विकल्प भएको मन्त्री खतिवडाको दावी छ ।
दुई ठूला मुलुक चीन र भारत नै पहिलो प्राथमिकतामा पर्ने उनले बताए ।
सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरिसकेको छ ।
सबै प्रदेशले पर्यटनका लागि कम्तिमा १० प्रमुख गन्तव्य तय गरेर संघीय सरकारसँग सहकार्यका लागि प्रस्ताव ल्याउन पर्यटन मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्री खतिवडाले मन्त्रालयको योजना सबैको योजना भएकाले समृद्ध नेपाल निर्माणको महाअभियानमा कोही छुट्न नहुनेमा जोड दिए ।
FACEBOOK COMMENTS