काठमाडौं । सडकसम्बद्ध नेपाली इन्जिनियरहरुले पहिलो पटक नेपालमै बनिरहेको सुुरुङमार्गमा तालिम लिने मौका पाएका छन् । सडक विभागले पहिलो चरणमा १५ जना इन्जिनियरलाई नागढुंगामा जापानी सहयोगमा बनिरहेको सुरुङमार्गमा लगेर तालिम गराएको हो ।
सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार विदेशी परामर्शदाता र ठेकदारबाट सिप, ज्ञान, दक्षता प्राप्त गर्ने गरी विभागका इन्जिनियरहरुलाई तालिम दिन शुरु गरिएको हो ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापकसहित सुरुङका विज्ञहरुबाट सैद्धान्तिक कक्षा लिने र प्रयोगात्मक रुपमा २.६८ किलोमिटर लामो निर्माणाधीन नागढुंगा सुरुङमार्गमा लगेर तालिम दिने काम शुरु भएको हो ।
सुरुङ प्रविधिमा प्रवेश गरेको सय वर्षपछि मात्रै नेपालले सडक पूर्वाधारमा यसको प्रयोग बढाउने नीति बनाएको छ । तर, यसका दक्ष प्राविधिक भने नेपालमा सीमित मात्रै छन् । अब सुरुङहरु बनाउँदै त्यसबाट सिक्दै दक्षता पनि बढाउँदै र विदेशी प्रविधि पनि आत्मसात गर्ने योजना विभागको छ ।
FACEBOOK COMMENTS