काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय हवाई यात्रुको लागि मापदण्ड तयार पारेको छ । प्राधिकरणले बनाएको मापदण्डमा यात्रा अवधिको लागि कोरोना परिक्षण गरेको रिपोर्ट नेगेटिभ चाहिने छ । कोरोना परिक्षणको लागि स्वाब संकलन गरेको ७२ घन्टा भित्र डिपार्चर गर्नुपर्ने छ ।
विदेशबाट नेपाल आएका यात्रुले प्राधिकरणले तोकेको होटलमा ७ दिन क्यारेन्टिमा बस्नुपर्ने छ । त्यसको लागि खर्च भने यात्रुले नै व्यहोर्नुपर्ने छ । विदेशबाट नेपालमा भ्रमणको लागि आएको यात्रुले पनि तोकेको मापदण्ड पालना गर्नुपर्ने छ । यस्तै कोरोना विरुद्धको खोप लगाएको कार्ड पनि साथमा हुनुपर्ने छ ।
FACEBOOK COMMENTS