काठमाडौं, फागुन १८ – नागरिक लगानी कोषले नबिकेको हकप्रद शेयर बुधवारदेखि लिलामीमा विक्री गर्ने भएको छ ।कम्पनीले सर्वसाधारण समूहको ३ लाख ५४ हजार १५० दशमलव ०५ कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो । यस शेयर खरीद गर्न इच्छुक व्याक्ति, कम्पनी, संघ, संस्थाहरुले चैत २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ आवेदकले न्यूतम १० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जानकारी गराएको हो । कम्पनीको विक्री प्रबन्धक आरविवि मर्चेण्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ ।
साथै, राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु वीरगञ्ज पर्सा, जनकपुर धनुषा, नारायणगढ, चितवन, बाग्लुङ, बुटवल, रुपन्देही, नेपालगञ्ज, बाँके वीरेन्द्रनगर, सुर्खेत, धनगढी, कैलाली, विर्तामोड झापा, हेटौडा, मकवानपुर, तुल्सीपुर दाङ, महेन्द्रनगर कञ्चनपुर र नागरिक लगानी कोष नयाँबानेश्वर, काठमाडौं तथा शाखा कार्यालयहरुमा आवेदन बुझाउन सक्नेछन् ।
FACEBOOK COMMENTS