१० माघ, काठमाडौं- नागरिक समाजले आगामी सोमबार (माघ १२ गते) प्रधानमन्त्री निवास बालुवाटारमै प्रदर्शन गर्ने भएको छ ।
संसद विघटनको विरोधमा सुरु भएको बृहत नागरिक आन्दोलनले यसअघि नै बालुवाटारमै प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको थियो । सोहीअनुसार प्रदर्शन कार्यक्रम सोमबारका लागि तय गरिएको नागरिक आन्दोलनका प्रतिनिधि युग पाठकले जानकारी दिए ।
दिउँसो २ बजे कमलपोखरी जम्मा भई कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टीका लगाएर बालुवाटारसम्म मार्चपास गर्ने कार्यक्रम तय गरिएको छ ।
मार्चपासका क्रममा कलात्मक प्रस्तुति पनि हुने छन् ।
संसद विघटन र सबै प्रकारका प्रतिगमनको विरुद्ध कार्यक्रममा सहभागिताका लागि कवि, लेखक, कलाकार,संगीतकर्मी, बौद्धिक, पेशाकर्मी उवम् नागरिक अभियन्तालाई अनुरोध गरिएको छ ।
FACEBOOK COMMENTS