काठमाडैं, पुस १५- नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नयाँ कार्य समिति चयन भएको छ । गत पुस ४ गते भएको साधारण सभाले नयाँ नेतृत्व चयन गरेसँगै नाडाले सोमबार पदस्थापन कार्यक्रम सम्पन्न गरेको हो ।
नाडाका निवर्तमान अध्यक्ष शम्भुप्रसाद दाहालले नयाँ निर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलाललाई पदस्थापन गराएका थिए ।त्यसै गरी समितिको उपाध्यक्षमा आकाश गोल्छा र करण चौधरी चयन भएका छन् । संस्थागत तर्फबाट नवराज ढल्लाकोटी र सुवास आर्चाय उपाध्यक्ष भएका छन् ।
त्यस्तै महासचिबमा सुनिल रिजाल चयन भएका छन् भने सचिवमा अनुप बराल, कोषध्यक्ष सुरेन्द्र ९सुरेस० उप्रेति र सहकोषाध्यक्ष बिक्रम सिंघानिया चयन भएका छन् । बैंठकले नाडा अटो शो समितिको सभापतिमा राजनबाबु श्रेष्ठलाई चयन गरेको छ ।
केन्द्रीय कार्य समिति सदस्यमा राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, दीपक अग्रवाल, निराकार श्रेष्ठ, सुरज भट्टराई, पंकज अग्रवाल, निलमणी पाठक छन् । प्रकाश कपुरी, कपिल शिवाकोटी, शुभासिस थपलिया अध्यक्षबाट केन्द्रीय कार्य समिति सदस्य मनोनित भएका छन् ।
FACEBOOK COMMENTS