काठमाडौं, मंसिर १९- अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले बुधबार निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन तालिका अनुसार मंसिर २६ गते मतदाता नामावली प्रकाशन गर्ने मिति तोकिएको छ ।त्यसै गरी मंसिर २७ गतेसम्म मतदाता नामावलीउपर दावी विरोध गर्न सकिनेछ । दावी विरोधको जाँचबुझ मंसिर २७ मै र अन्तिम नामावली प्रकाशन पनि सोही दिन हुने सार्वजनिक गरिएका निर्वाचन तालिका उल्लेख छ ।
त्यसै गरी निर्वाचन तालिका अनुसार उम्मेदवारहरुको मनोनयन दर्ता मंसिर २९ गते गरिनेछ । सोही दिन नै उम्मेदवारहरुको प्रथम नामावली प्रकाशन, उम्मेदवारउपर दावी विरोध, उम्मेदवारको मनोनयन पत्रको जाँचबुझ, उम्मेदवारहरुको नामावली प्रकाशन, उम्मेदारहरुले नाम फिर्ता लिनसक्ने, अन्तिम नामावली प्रकाशन पनि गरिनेछ । नाडाको मतदान भने पुस ४ गते हुने जनाइएको छ ।
नाडाले बुधबार निर्वाचन तालिका सार्वजनिक गरेसँगै सदस्यहरुमा चुनावी चहलपहल बढेको छ । चुनावी चहलपहल बढेको भएता पनि एशोसियशनमा वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दुलाल नै सर्वसम्मती हुने संभावना धेरै रहेको व्यवसायीहरुले जनाएका छन् । कतिपयले भने अर्का व्यवसायी प्रकाश कपुरी पनि अध्यक्षमा उम्मेदावारी दिन लागेको पनि बताएका छन् । तर यस क्षेत्रमा दुलालको तुलनामा कपुरी खासै परिचित र लोकप्रिय भने देखिएका छैनन्।
FACEBOOK COMMENTS