काठमाडौं, पुस २९ -नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा कै सचिवालयमा मोरङ्ग उद्योग सङ्गठनका अध्यक्ष भिम घिमिरेको नेतृत्वमा आएको ५ सदसिय प्रतिनिधि मण्डललाई स्वागत गरेको छ ।
यही २०७६ फागुन २ गते देखि १० गतेसम्म सञ्चालन हुने Birat Expo’20 Agro & International Exhibition को प्रवद्र्धनका सन्दर्भमा आएको सो प्रतिनिधि मण्डललाई नाडाले स्वागत गरेको नाडाले जानकारी दिएको छ ।
सचिवालयमा स्वागत गर्दे अध्यक्ष दुलालले नाडालाई देशव्यापी बनाउन पहल भईरहेको भन्दै नेपालको पहिलो अटो उद्योग हुलास मोटर्स पूर्व मै स्थापना भएको, लुव्रिकेण्टस उद्योगहरु पनि धेरै पूर्व मै स्थापना भएको बताए । र अव पनि अटोमोवाइल उद्योग स्थापना गर्नका लागि उद्योग सङ्गठन मोरङ्गले पहल गरोस भन्ने इच्छा व्यक्त गरे ।
सोहि छलफल तथा भेटघाट कार्यक्रममा मोरङ्ग उद्योग संङ्गठनका अध्यक्ष भिम घिमिरेले अध्यक्ष दुलाललाई निर्विरोध निर्वाचित हुनु भएकोमा बधाई दिदै उनको नेतृत्व एतिहासिक होस भन्ने कामना पनि गरे । उनले उद्योग व्यवसायको खस्किदो अवस्थालाई उठाउन नाडाले आवश्यक पहल गरोस, अटोमोवाइल व्यवसायको प्रवद्र्धन र सम्बद्र्धनका लागि नाडाले उल्लेख्य भूमिका निर्वाह गर्न सक्छ भने ।
सोही छलफलमा Birat Expo’20 Agro & International Exhibition लागि औपचारिक रुपमा निमन्त्रणा समेत दिए ।
उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, निलमणी पाठक, धु्रव थापा, शुभासिस थपलिया र पंकज अग्रवालसमेतको उपस्थिति रहेको थियो । त्यसैगरी मोरङ्ग उद्योग सङ्गठनको प्रतिनिधि मण्डलमा अध्यक्ष भिम घिमिरे लगायत भोलेश्वर दुलाल, सुयस प्याकुरेल, सुबोध कोइराला तथा चुँडामणी भट्टराई समेतको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS