काठमाण्डौं, १९ मंसिर -नेपाल अटोमोवाईल डिलर एशोसिएशनको साधारण सभा तथा आगामि चुनाव आउदो पुष ४ गते हुँदैछ । एशोसिएशनको चुनाव नजिकिदै जाँदा नेपालको अटोमोवाईल क्षेत्रमा चुनावी सरगर्मी बढ्दै गईरहेकोछ । आसन्न निर्वाचनमा मुल नेतृत्व अर्थात अध्यक्षको लागि ३ जनाको भिडन्त हुने भएको छ ।
लामो समय देखि अटोमोवाईल ब्यवसाय मार्फत लुब्रीकेन्ट उद्योग संञ्चालन गर्दै आएका ब्यवसायी कृष्ण दुलाल अध्यक्षको प्रवल दावेदारीमा छन् भने पश्चिमान्चल अटो डिलर एशोसिएशनका अध्यक्ष समेत भईसकेका धुर्व थापा पनि अध्यक्ष दावी गरीरहेका छन् । त्यस्तै, कपुरी ब्रदर्शका सञ्चालक प्रकाश कपुरीले पनि अध्यक्षमा आफनो उम्मेदवारी हुने बताईसकेका छन् ।
दुलाल कार्यसमिति सदस्य, कोषाध्यक्ष, महासचिव हुँदै उपाध्यक्ष भई सकेका ब्यक्ति हुन् । नाडामा चार कार्यकाल बितार्इसकेकाले पनि उनी अध्यक्षका लागि प्रवल दाबेदार मानिन्छन् ।
FACEBOOK COMMENTS