काठमाडौं, जेठ १३ – कोरोना महामारीका कारण देशका विभिन्न स्थानमा रहेका बाल आश्रमहरु प्रभावित भएका छन् । दाताहरुको सहयोगबाट संचालन हुँदै आएका यस्ता बाल आश्रमहरु प्रभावित हुँदा बालबालिकाहरुको दैनिकी पनि प्रभावित भएको छ ।
कोरोनाका कारण बाल आश्रमहरु संचालनमा नै समस्या हुन थालेपछि नेपाली चलचित्रका कलाकारहरुले आफूले सकेको सहयोग गर्न थालेका छन् ।निषेधाज्ञा हुनुभन्दा एक साता अगाडि मात्र नेपाल आएका नायक रमित ढुंगानाले जोरपाटीमा रहेको ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउन्डेशन नेपाल’लाई एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
विगत १३ बर्षदेखि यो संस्था चलाइरहेकी श्वेता केसीलाई नायक ढुुंगानाले एक लाख नगद सहयोग गरेका हुन् ।उक्त बालगृहमा २५ जना अनाथ बालबालिकाहरु आश्रित रहँदै आएका छन् । रमितले आफूले महामारीको समयमा बाचौं र बचाऔं भन्ने उद्देश्य लिएर सहयोगी हात अगाडि बढाएको बताएका छन् ।चाडै नै चलचित्र बनाउने तयारीमा रहेका नायक ढुंगानाले यो समयमा आफूले सकेको सहयोग सबैले गर्नुपर्ने पनि बताएका छन् ।
FACEBOOK COMMENTS