काठमाडौं, २९ कार्तिक – नारायणहिटी संग्रहालयलाई विकास समिति बनाउने सरकारको निर्णयलाई स्व. राजा विरेन्द्र शान्ति प्रतिस्ठानले स्वागत गरेको छ ।
प्रतिस्ठानका अध्यक्ष शिवहरि खनालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ ‘स्थापना भएको ११ वर्ष पनि संग्रहालयलाई विकास समिति बनाउने र गणतन्त्र स्मारक, राजा वीरेन्द्रको आवास गृह श्रीसदन लगायत अन्य संरचना अवलोकन गर्न मिल्ने गरी व्यवस्था मिलाउन लागिएको थाहा पाउदा हामीलाई निकै हर्ष लागेको छ । ‘यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया अघि बढाएको र आवश्यक पर्ने दरबन्दी, बजेट, कर्मचारी व्यवस्थापन लगायतका विषयमा अध्ययन शुरु गरेकोमा सरकारको यस कदमको सर्हाना गर्दै सो निर्णयको स्वागत गर्न चाहन्छौ ।
साथै, जनप्रिय स्व. राजा विरेन्द्रको योगदानको कदर स्वरुप सरकारले भबिष्यमा अन्य कार्यक्रमहरु पस्कदै जानेछ भन्ने विश्वास प्रतिष्ठानले लिएको पनि अवगत गराउन चाहन्छौ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अध्यक्ष खनालले प्रतिष्ठानको स्थापना स्व. राजा विरेन्द्र प्रति आधारभाव राख्ने स्वतन्त्र हैसियत बोकेका नागरिकहरु अगुवाईमा भएको पनि बताए ।
FACEBOOK COMMENTS