काठमाण्डौँ — नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले कन्काई नगरपालिकामा पोलिथिनका झोलाबाट पेट्रोलियम पदार्थ निकाल्ने भएको छ ।
तीन वर्ष अघि गरिएको अध्ययन सफल भएपछि नास्टले नमूनाका रुपमा पहिलो पटक नगरपालिकामा यो प्रविधि शुरु गर्न लागेको जनाइएको छ।
नगरपालिकाले आर्थिक पाटो हेर्ने र आफूहरूले प्राविधिक सहयोग उपलब्ध गराउने नास्टका प्रविधि सङ्कायका प्रमुुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए।
यो कार्यका लागि नगरपालिका आफैँले उपकरण खरीद गर्नेभन्दा पनि ठेक्का सम्झौतामार्फत अरुलाई दिन नास्टले सल्लाह दिइरहेको छ ।
नगरपालिकाले फोहोर व्यवस्थापनमा गर्ने खर्चभन्दा कम बजेटमा यो उपकरण खरीद गर्न सक्छन् ।
— नागरीक
FACEBOOK COMMENTS