काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम
(नेपाल एयरलाइन्स)को ‘मकालु’ नामक वाइड बडी विमान साउन ११ गते राजधानीमा आइपुग्ने भएको छ ।
अहिले फ्रान्समा परीक्षण उडानमा रहेको सो विमान साउन ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको निगमले जनाएको छ ।
‘नाइन एन एएलजेट’ कलसाइनको विमान नेपाल भित्र्याउने सम्पूर्ण तयारी पूरा भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।
निगमको पहिलो वाइड बढी ‘अन्नपूर्ण’ नामको विमान गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
FACEBOOK COMMENTS