काठमाण्डौँ — सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारा, निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ ।
समितिले यो विमानस्थलबारे गरेको विस्तृत अध्ययन, अवलोकन तथा सरोकारवाला पक्षसँगको छलफलपश्चात् कुनै पनि बाहनामा विमानस्थल निर्माण कार्यलाई अवरोध हुन नदिई निर्धारित समयभित्र निर्माण गरिसक्नुपर्ने निष्कर्ष निकालेको हो ।
समितिको बैठकमा समिति सभापति दिलकुमार रावल थापाले विमानस्थलको लागि सिमाङ्कन गरिएको क्षेत्रमा टाँगिया बस्ती, काठगाउँ बस्तीका बासिन्दा विमानस्थल निर्माणलाई सहयोग गर्ने उद्देश्यले तत्कालै स्थानान्तरण हुन तयार रहेको पाइएको जानकारी दिए ।
समितिले आयोजनाको डिपिआर तयार गरी चालु आर्थिक वर्षभित्र स्वीकृत गरिसक्न आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।
— कारोबार
FACEBOOK COMMENTS