काठमाडौं, फागुन २६ – सरकारले बानेश्वरस्थित निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा विधाननिधी पौडेललाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डा पौडेललाई निर्देशकमा नियुक्त गरेको हो।
कार्यकारी निर्देशकका लागि नाम सिफारिस समितिले मन्त्रिपरिषदमा सिफारिस गरेका तीन जनामध्येबाट डा पौडेललाई नियुक्त गरिएको हो। सिफारिस समितिले डा पौडेलसहित डा दिनेशकुमार लम्साल र डा प्रकाशराज न्यौपानेको नाम सिफारिस गरेको थियो।
कार्यकारी निर्देशकका लागि ८ जनाको आवेदन परेको थियो। समितिले आवेदन दिएकामध्येबाट शैक्षिक योग्यता, अनुभव, तालिम र अनुसन्धानमूलक, कार्ययोजनाको मूल्याकंन अकंको आधारमा ३ जनाको नाम सिफारिस गरेको थियो।
डा पौडेल हालसम्म वीर अस्पतालमा कार्यरत छन्। यसअघि निजामती अस्पतालको निर्देशकमा डा दीर्घराज आरसी थिए।
FACEBOOK COMMENTS