काठमाडौं, भदौ ३ – ललिपुरको पुल्चोकस्थित निदान अस्पतालका ८ जना नर्ससहित १२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। पाटन अस्पतालमा गरिएको परीक्षणमा नर्ससहित १२ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिए। बाँकी संक्रमितहरूमा भने सरसफाइ कर्मचारी र सुरक्षागार्ड रहेको उनले जनाए।
अहिले सबै संक्रमितलाई अस्पतालकै कोभिड कक्षमा राखिएको छ। उनीहरू कसैमा पनि लक्षण नदेखिएको र सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
यसअघि पनि अस्पतालका दुई जना कर्मचारीमा कोरोना देखिएको थियो। उनीहरूकै कन्ट्याक्ट ट्रेसिङमा आएकाहरूको परीक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको हो। अब थप अन्य स्वास्थ्यकर्मीको पनि परीक्षण गर्न तयारी रहेको श्रेष्ठले जनाए।
FACEBOOK COMMENTS