काठमाडौं, चैत ११- निर्माण व्यवसाय विकास परिषद् अन्तर्गत रहेको निर्माण व्यवसायी कोषले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा एक करोड योगदान गर्ने भएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको सिफारिसमा निर्माण व्यवसाय विकास परिषद्अन्तर्गतको कोषबाट नेपाल सरकारअन्तर्गतको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सो रकम जम्मा गरिने जनाईएको छ ।
यसैबीच कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि १८ गतेसम्म मुलुक लकडाउन गर्ने नेपाल सरकारको निर्णयको महासंघले स्वागत गरेको छ ।
साथै लकडाउनको अवधिमा निर्माण व्यवसायी सदस्यहरुलाई आ९आफ्नो निर्माण कार्य बन्द गर्न हुन र प्रदेश महासंघ, जिल्ला संघ, वस्तुगत संघहरु र एसोसिएट सदस्यहरुले आ(आफ्नो सचिवालयहरु सरकारको निर्देशनअनुसार बन्द गर्न(गराई सहयोग गर्न महासंघले अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS