काठमाडौं, वैशाख २३ । निषेधाज्ञाको फाइदा उठाउँदै उद्योगीले निर्माण सामाग्रीको मूल्य वृद्धि गराएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले निषेधाज्ञाको समयमा निर्माण सामाग्रीको मूल्य अचाक्लि बढेको जानकारी दिएको छ।
महासंघका महासचिव रोशन दाहालले ढुवानी बढेको र उत्पादन लागत बढेको बाहानामा उद्योगीले निर्माण सामाग्रीको मूल्यवृद्धि गराएको बताए । यसैगरी, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेको निर्णयअनुसार निर्माणका काम गर्न कामदार डराएको महासंघले बताएको छ ।
सीसीएमसीले विकास निर्माणका आयोजनाहरूले आवासीय कामदार राखी अनिवार्य रुपले स्वास्थ्य मापदण्ड पालना गर्दै काम अगाडी बढाउन भनेको थियो ।
FACEBOOK COMMENTS