काठमाडौं, भदौ ४ – सरकारले कोरोना महामारी रोक्न उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा लकडाउन गरेको छ। काठमाडौंमा पनि सात दिनसम्मका लागि निषेधाज्ञा गरिएको छ। काठमाडौं उपत्यकामा बुधबार रातिबाट जारी निषेधाज्ञाले जनजीवन प्रभावित बनेको छ।
सडकमा अतिआवश्यक सवारीबाहेक चल्न नदिने सरकारको निर्णय अवज्ञा गर्दै सवारी चलाउने करिब ८ भन्दा बढी सवारीलाई ट्राफिकले कारबाही गरेको छ।महानगरीय ट्राफिक महाशाखाका अनुसार तथ्यांकमा ८ सय ९३ वटा सवारी साधनलाई कारबाही गरिएको हो। जसमा ६ सय ९८ दुई पाङ्ग्रे सवारी छन् भने १ सय ९५ चार पांग्रे सवारी रहेका छन्।
महाशाखा प्रमुख भीमप्रसाद ढकालले सरकारको निर्णयलाई अटेर गर्ने जो कसैलाई कानूनी दायरामा ल्याउने बताए। अहिले नियन्त्रणमा लिइएका सवारी साधनबारे थप अनुसन्धान चलिरहेको उनले बताए।
FACEBOOK COMMENTS