काठमाडौं, वैशाख १४ । सरकारले निषेधाज्ञाको संकेत गरेसँगै बुद्ध एयरले थप आफ्नो उडान संख्या बढाउने घोषणा गरेको छ । सोमबार उपत्यका स्तरीय तीन जिल्लाका जिल्ला प्रमुख (सीडीओ) हरुको बैठकले आगामी बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लाउने घोषणा गरेसँगै बुद्ध एयरले यस्तो घोषणा गरेको हो ।
संभावित निषेधाज्ञालाई ध्यानमा राख्दै उपत्यका छाड्ने यात्रुहरुलाई सुविधा पुर्याउने उद्देश्यले उडान थपेको कम्पनीले जनाएको छ । यद्यपी कति संख्यामा उडान (फ्लाइट) थप गरिएको भन्ने विषय भने कम्पनीले खुलाएको छैन ।
उडान संख्या थपिएपछि यात्रुहरुले आउजाउ गर्न सहज र सरल हुनेछ । बुद्ध एयरका उडानहरु संक्रमणरहित छन्, यसले हरेक उडान अगाडी जहाजलाई संक्रमणरहित सरसफाई गर्ने गरेको बुद्धले जनाएको छ ।
उडानका क्रममा तापक्रम चेकजाँज, फेस शिल्ड तथा मास्कको अनिवार्य प्रयोग तथा ह्यान्ड सेनिटाइज गर्ने गरेको छ’ कम्पनीद्वारा जारी सूचनामा भनिएको छ ।
FACEBOOK COMMENTS