काठमाडौं, १६ वैशाख – महानगरपालिकाले निषेधाज्ञा अवधिभर निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । अस्पतालमा जानुपर्ने महानगरपालिकभित्रका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिन लागिएको हो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजश्वर ज्ञावालीका अनुसार ११८० र १०२ नम्बरमा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने छ ।महानगरपालिकाले यसअघिदेखि नै महानगरका वृद्ध नागरिकका लागि यस्तो सुविधा दिँदै आएको छ ।
FACEBOOK COMMENTS