काठमाडौं – नेपाल उद्योग बाणिज्य महासंघको विशेष साधारणसभा कात्तिकको अन्तिम साता हुने भएको छ ।
विधान संसोधनका लागि मिति तोक्न महासंघका विशिष्ट सदस्य तथा विधान संसोधन समितिका संयोजक चण्डीराज ढकालले प्रस्ताव गरेसँगै निवर्तमान अध्यक्ष पशुपति मुरारकाले त्यसको प्रतिवाद गरेका छन् । तरपनि उपाध्यक्ष र बहुमत सदस्यरुको विधान संसोधनमा सहमति भएकाले विशेष साधारणसभा कात्तिकमा गर्ने र विधान संसोधन हुने पक्कापक्की भएको छ ।
विधान संसोधन भएपछि अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुने बाटो खुल्नेछ । उक्त निर्वाचनमा उपाध्यक्षद्वय उमेशलाल श्रेष्ठ र चन्द्र ढकालको प्रतिस्पर्धा हुने देखिन्छ । अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफूलाई अध्यक्षकै माइनुट दिएर बरिष्ठ बनेकाले चुनावी प्रतिष्पर्धामा नजाने बताइसकेका छन् । नेपालमा नै मोटरसाइकल एसेम्वल गर्न थालेका गोल्छा व्यवसायमै केन्द्रीत हुन चाहन्छन् । अर्का उपाध्यक्ष किशोर प्रधान पहिले बरिष्ठकै चुनावमा पराजित भएकाले यसपल्ट पनि सोही पदमा उम्मेदवारी दिने बुझिएको छ ।
को बन्ला त अध्यक्ष ?
उमेशलाल श्रेष्ठ र चन्द्र ढकाल दुबै नेकपा नजिक छन् । उमेशलाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठका छोरा हुन् । उनको पक्षमा नेकपाका माधव नेपाल समूहको समर्थन छ भने चन्द्र ढकालका पक्षमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डको समर्थन प्राप्त छ ।
महासंघको निर्वाचनमा राजनीतिले अर्थ राख्छ । किनभने जिल्ला र नगरमा राजनीतिक नेतृत्वको निर्देशन मान्ने हुन्छन् । यता बस्तुगततर्फ श्रेष्ठको पकड छ भने एसोसिएटतर्फ ढकालको पकड रहेको छ । उनीहरु जिल्ला र नगरमा बराबरीको अवस्थामा छन्।
दोधारमा ढकाल
महासंघका विशिष्ट सदस्य चण्डीराज ढकाल आफू सधैँ संघका सदस्यहरुको हितका लागि काम गरिरहेको बताउँछन् । हरेक जिल्ला नगरका कार्यक्रम पूर्वदेखि पश्चिमसम्म उनी पुगेका हुन्छन्। दिनरात संघ र ब्यवसायी माझमा रमाउने ढकाल यसपाली महासंघको नेतृत्वमा कसलाई लिएर आउने भन्नेमा धर्मसंकटमा छन् । उनी भन्छिन्, ‘अहिले महासंघमा सबै काविल छन् । उनिहरुले गरेर देखाउन पनि सक्छन्।’
मौकाको खोजीमा राजकर्णिकार
अघिल्लो चुनावमा प्रदिपजंग पाण्डेसँग पराजित हुन पुगेका भाष्कर राजकर्णिकारलाई एकचोटी महासंघको अध्यक्ष बन्ने धोको छ । उनको भनाईमा २० वर्ष आफूले महासंघमा गरेको मेहनत र महासंघ बारेमा बुनेका सपनाहरु अधुरै छन् । यसैकारण पनि उनि महासंघमा अध्यक्षका लागि केही स्पेस बनाउन सकिन्छ कि भनेर प्रयासरत छन् ।
FACEBOOK COMMENTS