काठमाडौँ — नेकपा स्थायी कमिटी बैठक सकिएको छ । बैठक शनिबार बस्ने गरी स्थगित भएको हो ।
बिहीबार बिहान ११ बजे बसेको बैठक मन्त्रिपरिषद् बैठकका कारण केही घन्टा रोकिएको थियो ।
शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले छलफल गर्ने, पार्टीको यो संकटलाई समाधान गर्न अधिकतम् कोसिस गर्ने भनेर बैठक एक दिनको समय राखेर आजको बैठक सकिएको हो,’ एक नेताले भने ।