काठमाडौं, वैशाख ३ – नेपाल आयल निगमले शुक्रबारदेखि ईन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली कार्यान्वयनमा ल्याउन लागेको छ। निगमले पहिलो चरणमा वैशाखदेखि असारसम्म नमुना परीक्षणको क्रममा यो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो। आगामी साउनदेखि भने पूर्ण रूपमा यो प्रणाली कार्यान्वयनमा आउने निगमले जनाएको छ। निगमका प्रवक्ता बिनितमणि उपाध्यायकाअनुसार ईआरपीसम्बन्धी सफ्टवेयर निर्माण गरी त्यसको परीक्षण गर्ने काम पनि सम्पन्न भइसकेको छ।
दुई बर्षअघि निगमले पेट्रोलियम पदार्थको चोरी, नोक्सानी र मिसावटजस्ता घटना नियन्त्रण गर्न एकल ताल्चा प्रणाली९लकिङ सिस्टम० कार्यान्वयनमा ल्याए पनि प्रभावकारी रूपमा समस्या समाधान नहुँदा ईआरपी प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको हो। पछिल्लो समयमा इन्धन ढुवानी गर्ने ट्याङ्कर अपहरण गर्ने र एकल ताल्चा फोडेर इन्धन चोर्ने तथा मिसावट गर्ने जस्ता घटना बढ्दै गएको छ।
उनका अनुसार यो प्रणालीमा जान निगमले करिब २५ करोड रुपैयाँको लगानी गरेको छ। नियोटेरिड नियो सफ्टवेयरले सफ्टवेयर निर्माणको काम सम्पन्न गरेको छ।
-अन्नपूर्ण पोस्ट् दैनिक
FACEBOOK COMMENTS