काठमाडौं,माघ १७- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ को आज एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । ।
आज (शुक्रबार)बाट काठमाडौंको भृकुटी मण्डपमा शुरू भएको एक्स्पो माघ १९ गतेसम्म चल्नेछ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा छैठौं ‘नेपाल उड इन्टरनेशनल एक्स्पो २०२०’र ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ आयोजना गरेका हुन् ।
प्रदर्शनीमा संसारका विभिन्न देशका २०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढी स्टलहरु रहेका छन् । फर्निचर, प्याइउड, तथा काठऔजारका कम्पनी, डिलर, सव डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादन र नयाँ नयाँ प्रविधिको बारेमा जानकारी दिन प्रदशर्न उपलब्धी मूलक हुने आयोजकले बताएका छन् ।
प्रदर्शनीलाई सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना), सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस (एससीएइएफ) तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल)ले सहयोग गरेका छन् ।
अन्तर्राष्ट्रिय प्रदर्शनीमा उड वर्किङ एण्ड फर्निचर म्यानुफ्याक्चरिङ मिसिनेरिज्, पावर टुलस्, प्लेउड, डोर्स एण्ड विन्डोज्, फिटिङ्स, उड एसेसरिज, र्व म्याटेरियल्स, इन्टेरियर डिजाइन, होम डेकोर तथा फिनिस्ड प्रडक्टस्हरु पनि राखिएका छन् ।
FACEBOOK COMMENTS