काठमाडौं– नेपालकै पहिलो पूर्वाधार विकास बैंकले ३२ मेगावाट उत्पादन क्षमताभएको करुवा सेती हाइड्रोपावर परियोजना पहिलो लगानी गरेको छ ।
बैंकले शुरुवाती रुपमाआफ्नो अगुवाई तथा हिमालयन बैंक लिमिटेडको सह अगुवाई र सानीमा बैंक लिमिटेडको समेतको सहवित्तीयकरण सम्झौता गरी उक्त परियोजनाबाट लगानीको शुरुवात गरेको हो ।
कुल परियोजनालागत ५ अर्व ८० करोड रुपैंया रहेको उक्त परियोजनामा यस नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरण समेत गरी ४ अर्ब ६ करोड रुपैंया कर्जा प्रवाह हुनेछ ।
देशको पूर्वाधार विकासका परियोजनाहरुमामात्रलगानी गर्ने उद्धेश्य लिई स्थापनाभएको यस बैंकले जलविद्युत्, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्यलगायतकाअन्यविभिन्नपूर्वाधार परियोजनाहरुको पहिचानएवं आवश्यक अध्ययन सम्पन्न गरिसकेको र उक्त परियोजनाहरुमा निकट भविष्यमै लगानी विस्तार गर्ने यस बैंकको योजना रहेको छ ।
FACEBOOK COMMENTS