काठमाण्डौं– नेपालइन्भेष्टमेन्ट बैंक लि.ले युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल २०१८ अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।
प्रतिष्ठित अंगे्रजीआर्थिक मासिकपत्रिका युरोमनीले भव्य समारोहविच बैंकले प्राप्त गरेको पुरस्कार बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहलाई प्रदान गरेकोछ । नेपालइन्भेष्टमेण्ट बैंक लि.ले यो अवार्ड पहिलो पटक प्राप्त गरेको हो ।
सन् १९६९ मापहिलो पटक प्रकाशित युरोमनी म्यागाजिनका शेयर होल्डरहरुले शुरु गरेको यो पुरस्कार,संस्थाको सेवा, सुविधा तथा वित्तिय अवस्थाका बारे विस्तृतमा अध्ययन तथा अनुसन्धान गरे पछिमात्र प्रदान गरिन्छ । यस बर्ष यसमा १५ सयभन्दा बढी वित्तिय संस्थाहरुले राष्ट्रिय, क्षेत्रिय तथा विश्वव्यापी रुपमा सहभागिताजनाएकाथिए ।
आठ लाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको नेपालइन्भेष्टमेण्ट बैंक लि.को हाल ७७ वटा शाखातथा १०४ वटा एटिएम छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ५७ वटा शाखारहित बैंकिङ सुविधाका साथै बैंकको संजालमा ७९० बढी भिस ातथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।
FACEBOOK COMMENTS