१६ साउन । नेपालको ठूलो निजी क्षेत्रको बैंकमध्येको एक नेपालइन्भेस्टमेन्ट बैंक लिमिटेड(एनआईबीएल)ले विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्तीयनिगम(आईएफसी)बाटग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी)अन्तर्गत नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीकालागि ‘सर्वश्रेष्ठ साझेदार–२०१९,कमआयभएका आईडीए देशहरू,दक्षिण एसिया’ का रुपमा‘सम्मानको पुरस्कार’प्राप्त गरेको छ ।
आईएफसीले नेपालकोव्यापार लगानी (ट्रेड फाइनान्स)को प्रबद्र्धनकालागि नेपालइन्भेस्टमेन्ट बैंकसँग साझेदारी गरेको छ, जसबाट बैंकले स्थानीयउद्यमीहरूकालागिसहयोग बढाउन सकेकोर अन्तर्राष्ट्रिय व्यापारकाअवसरहरू वृद्धिमासहयोग पु¥याउनसकेको छ । आईएफसीकोव्यापार लगानी (ट्रेड फाइनान्स) सहयोगले देशकाठूला (कर्पोरेट)र सानातथामझौलाउद्यम क्षेत्रलाई उनीहरूको विश्वव्यापीव्यापारको हिस्सा बढाउनका साथै विश्वव्यापीअभिकर्ता बैंकहरूको फराकिलो दायराबाटमान्यतापाउन सक्षमतुल्याउँछ ।यो सञ्जाल (नेटवर्क)लेचुनौतीपूर्ण बजारहरूमाकारोबारको सुविधाउपलब्ध गराउँछ, प्रतिस्पर्धात्मकलगानीलाई प्रबद्र्धन गर्छ रअभिकर्ताबैंककालागिकम जोखिममानयाँप्रतिष्ठानहरूसँगको सम्बन्धनिर्माण गर्छ ।
अन्तर्राष्ट्रिय विकाशसंघ ), चरम विपन्नताको अन्त्य र साझा समृद्धि बढाउनका लागि निरन्तर संलग्न छ, विश्वकै तीव्र वृद्धि भइरहेको क्षेत्र दक्षिण एसियामादिगो र समावेशीविकास, मानवपुँजीविकास तथा बहनशीलताकालागि यो महत्वपूर्ण छ ।
एनआईबीएलले आफ्ना ८२ शाखा, १२४ एटीएम, १७एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्नाग्राहकहरूलाई सेवा पु¥याइरहेको छ । पाँचपटकसम्म फाइनान्सियल टाइम्सबाट‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायकालागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।यसबाहेक, इक्रा नेपाल(अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’वर्गकोक्रेडिट रेटिङदिएको छ ।
FACEBOOK COMMENTS