काठमाडौं, माघ ९ – नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस र कर सहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
सोही प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।
FACEBOOK COMMENTS