काठमाडौं, कात्तिक १७ – गत भदौबाट लिलामीमा राखिएको एनसीसी बैंकको संस्थापक सेयर बिक्री भएको छ। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको सेयर बैंककै केही प्रबर्द्धक र अर्को एक बीमा कम्पनीले उठाएका छन्।
एनसीसीको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको थियो। एक सय रुपैयाँ अङ्कित दरका सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको थियो। आवेदकहरुले ११६ रुपैयाँसम्म हालेको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ।
बैंकको संस्थापकहरुले पनि सेयर खरीदका लागि आवेदन दिएका छन्। संस्थापकहरुलाई बिक्रीमा पहिलो प्राथमिकता दिनु पर्ने नीतिगत ब्यवस्था छ। उनीहरुले प्रति कित्ता ११३ देखि ११४ रुपैयाँका दरले आवेदन दिएका छन्।
यसबाहेक गुँरास लाइफ इन्स्योरेन्सले पनि आवेदन दिएको छ। कम्पनीले ५ लाख कित्ता उठाउनका लागि आवेदन दिएको छ। उसले प्रति कित्ता ११६ रुपैयाँ कबुल गरेको छ। संस्थापकहरुलाई बाँडेपछि बाँकी सेयर गुँरासले पाउने छ।
FACEBOOK COMMENTS