काठमाडौं,माघ १४- नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड हाउस डेकोर इन्टरनेशनल एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा माघ १७-१९ गते सम्म हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स र फ्युरेक्स ट्रेड फेयर एण्ड इभन्ट प्रालिले संयुक्त रुपमा आयोजना गर्ने ‘नेपाल उड इन्टरन्यासनल एक्स्पो’ को छैटौं संस्करण शुक्रबारदेखि आइतबारसम्म हुने भएको छ ।
प्रदर्शनीमा संसारका विभिन्न देशका २०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढी स्टल रहने छन् । फर्निचर, प्याइउड, तथा काठऔजारका कम्पनी, डिलर, सव डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादन र नयाँ नयाँ प्रविधिको बारेमा जानकारी दिन प्रदशर्न उपलब्धी मूलक हुने आयोजकले जनाएका छन् ।
नेप्लाई टाईटल स्पोन्सर रहेको प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने आयोजकको दावी छ।
प्रदर्शनीलाई सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना), सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस (एससीएइएफ) तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल)ले सहयोग गरेका छन् ।
यस छैठौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसारभरका ख्यातीप्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा प्रविधिलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएको बताउँदै आयोजकले यस प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्ने विश्वस व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS