काठमाण्डौं– नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९आयोजना काठमाण्डौंमा हुदैं छ ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुटुरेक्स ट्रेड फेर एण्ड इभेटले संयुक्तरुपमा फागुन ३ देखी ५ गते सम्म काठमाण्डौ को भृकृटीमण्डपमा आयोजना गर्न लागेको हो ।
उक्त प्रदर्शनीमा विभिन्न देशका २०० भन्दा बढि ब्राण्डहरुका १२० भन्दा बढि स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ ब्यबसाय संग सम्बन्धित उत्पादन हरु को बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउन को लागि यो प्रदर्शनी ४ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आएको आयोजकको दाबी छ ।
यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरण मा टेवा पु¥याउने आयोजकले विश्वास लिएको छ ।
आयोजकले विज्ञप्ती जारी गर्दै, ‘प्रदर्शनीमा घर बनाउन चाहने व्यतिm,आम नागरीक , नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरु को सहभागिता रहने छ । यस अन्तराष्ट्रिय प्रदर्शनीको मुल उद्घेश्यको रुपमा नेपालमा भएका उच्च दर्जाका काठहरु प्रयोग गरेर फनिर्चर तथा अरु सामाग्रीहरु बनाइ निर्यात गर्ने वातावरण बनाउनु हो ।
साथै यस प्रदर्शनीले नेपालको काठ तथा फनिर्चरक्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने हो ।साथै यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास लिएका छौँ ।’ बताएको छ ।
FACEBOOK COMMENTS