काठमाडौं, १६ माघ – नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरूलाई विभिन्न जिम्मेवारी दिइएको छ । महासंघका पूर्व अध्यक्षहरूले महासंघलाई आजको अवस्थासम्म ल्याई पु-याउन निर्वाह गरेको भूमिकाको उच्च मुल्याङ्कन गरी वर्तमान कार्यकारिणी समितिको कार्यकालमा उनीहरुलाई विभिन्न जिम्मेवारी दिइएको महासंघले जनाएको छ ।
महासंघद्वारा जारी विज्ञप्ति अनुसार निवर्तमान अध्यक्ष भवानी राणालाई सदस्यता समित र नेपाल इन्डिया जोइन्ट बिजनेस फोरमको जिम्मेवारी दिइएको छ भने पूर्व अध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको जिम्मेवारी दिइएको छ ।
यसैगरी पूर्व अध्यक्ष पद्यम ज्योतिले व्यवसायिक आचार संहिता फोरम, पूर्व अध्यक्ष प्रदिप कुमार श्रेष्ठलाई कन्फिड्रेसन अफ एशिया प्यासिफिक चेम्बर अफ कमर्श एण्ड इन्डट्री (सिएसिसिआइ), पूर्व अध्यक्ष रविभक्त श्रेष्ठलाई अनुशासन समिति र पूर्व अध्यक्ष विनोद कुमार श्रेष्ठलाई नेपाल चाइना ननगभरमेन्टल कोअपरेसन फोरमको जिम्मेवारी दिइएको महासंघले जनाएको छ ।
यसैगरी पूर्व अध्यक्ष कुश कुमार जोशीले विधान संशोधन समिति र पूर्व अध्यक्ष सुरज वैद्यले अन्तर्राष्ट्रिय सम्बन्ध फोरमको जिम्मेवारी पाएका छन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाले एक कार्यक्रमबीच औपचारिकरूपमा पत्र हस्तान्तरण गर्दै वर्तमान कार्यकारिणी समितिलाई पूर्व अध्यक्षहरूबाट महत्वपूर्ण सल्लाह, सुझाव र सहयोग प्राप्त हुने विश्वास प्रकट गरे ।
FACEBOOK COMMENTS