काठमाडौं,चैत २३- नेपाल उद्योग वाणिज्य महासंघले विपन्न परिवारलाई राहत वितरण गरेको छ । आइतबार नेपाल विज्ञापन संघको कार्यालय शान्तिनगरबाट निम्न वर्गीय परिवारलाई खाद्यान्न वितरण गरेको हो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि लेखराज भट्ट र महासंघकी अध्यक्ष भवानी राणाले संयुक्त रुपमा खाद्यान्न वितरण गरेका थिए । महासंघले महामारीका कारण लकडाउनका कारण अत्यावश्यक सामाग्री समस्या परेका श्रमिक तथा कामदारहरुलाई ४० हजार किलो चामल र ५ हजार किलो दाल लगायतका सामाग्री वितरण गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
FACEBOOK COMMENTS