काठमाडौं, चैत २६ – कोरानाभाइरसको महामारीले विश्वलाई आतङ्कितबनाइरहेको अवस्थामा नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाकालागि साझेदारी भएको छ । उक्त साझेदारी स्वास्थ्य तथा जनसंख्यामन्त्रालय र काठमाडौं महानगरपालिकाको सहितको उपस्थितिमा भएको हो ।
सीसीएमसीका संयोजक सचिव लक्ष्मण अर्याल र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जीतआचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । साथै, स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र का.म.पा.का प्रशासन विभाग प्रमुख नमराज ढकालले पनि उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यो सम्झौता पश्चात नासले कोभिड १९ का बिरामीहरु उपत्यकाभित्र ओसारपसार गर्ने तथा डेडिकेटेड एम्बुलेन्स सेवाप्रदान गरेर नेपाल सरकारलाई सहयोग पुर्याउनेछ । यस कार्यका लागि सबै सुविधा सहितका नासका ५ वटा एम्बुलेन्स संचालनगरिनेछ जसमाइमर्जेन्सी मेडिकल टेक्निसियन, अन्य आवश्यक उपकरणहरु र स्वास्थ्यकर्मी र चालकलाई आवश्यक पर्ने पीपीई पनि उपलब्ध हुनेछ । साथै कोभिड १९ सम्बन्धि बिरामीहरुको ओसारपसार सम्बन्धि अनुरोधहरु सबै निकायहरुले हाल संचालनमा भएको १०२ नम्बरमा रिडाइरेक्ट गर्ने छन् ।
नासका अध्यक्ष रञ्जीत आचार्यले भने, “विश्वभरि फैलिरहेको कोरानाभाइरसको महामारीले सबैलाई त्रसित बनाएको छ । यस्तो विपदको घडिमा नेपाल सरकारलाई सहयोग गर्न पाउँदा नेपाल एम्बुलेन्स सेवा आभारी छौं । नासले यसैपनि कोभिड १९ को पुर्व तयारी गरेर स्वास्थ्यकर्मीलाई आवश्यक कोभिड १९ सम्बन्धित तालिम दिई सेवा पुर्याइ नै रहेको थियो, अब झन आधिकारिकता प्राप्त भयो । जस्तो सुकै विपदमापनि आकस्मिक सेवा सहितको २४ औं घण्टा सेवा प्रदानगर्दै आइरहेको र यो कोभिड १९ रोकथाम र यस सम्बन्धिविरामीहरुको सेवाकालागिहामी नेपाल सरकारलाई सहयोग गरि सहकार्य गर्न सदैव तयार छौं ।”
नेपाल एम्बुलेन्स सेवाले सन् २०१० मा संचालनमा आएदेखि हालसम्म ५०,००० भन्दा बढि बिरामीहरुलाई सेवा पु¥याइसकेको छ भने ५५ वटा भन्दा बढि शिशुको जन्मएम्बुलेन्समै स्वास्थ्यकर्मीले सुरक्षित डेलिभरी गराएका छन् ।
FACEBOOK COMMENTS