काठमाडौं, 31 असार – नेपाल औषधि उत्पादक संघले आज असार ३० गते औषधि ब्यबस्था विभागमा साढे दुई घण्टा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको छ। संघले बिहान ११.०० बजे देखि १:३० बजे सम्म धर्ना दिएको थियो । असार २२ गते स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्रिस्तरिय निर्णय गरि स्यानेटाइजरको दर्ताको लागि थप ३ महिना समयावधि दिने निर्णय गरेको बिरोध उनीहरुले धर्ना दिएका हुन। नेपाल औषधि उत्पादक संघका अनुसार दर्ता समय थपिनु भनेको बिना दर्ता र बिना गुणस्तर परिक्षण थप ३ महिना बजारमा स्यानेटाइजर बिक्री गर्न दिनु जनताको स्वास्थ्य माथिको खेलवाड हो। यो वा त्यो बहानामा नेपाली उद्योगहरुको विरुद्धमा गरिएका निर्णय तत्काल फिर्ता लिन पनि संघले आग्रह गरेको छ । नेपाल औषधि उत्पादक संघले स्वास्थ्य मन्त्रीलाई भेटेरनै विभिन्न समयमा नेपाल सरकारले गरेका निर्णयको कार्यान्वयन गरिदिन १८ बुदे माग सहित पत्र बुझाइसकेको थियो। मन्त्रीबाट औषधि परामर्श परिषदको बैठक राखी तत्काल कार्वान्वयन गर्ने बचन दिएको र नेपाल औषधि उत्पादक संघले उक्त परिषदको बैठकको लागि आफ्ना मागहरु पनि बुझाइसकेका थिए । तर एक्कासि स्यानेटाइजरको दर्ता समय थपले बाध्य भएर संघ आन्दोलनमा आउनुपरेको बताईएको छ । ‘हाम्रो यो आन्दोलन भोलि पनि जारि रहने छ ,भोलि सम्म पनि हाम्रा मागको सुनुवाई नभए पर्सि बाट थप कडा आन्दोलनमा जाने छौ’ संघ अध्यक्षले भने ।
स्यानेटाइजरमा नेपाली औषधी उद्योग आत्मनिर्भर भईसकेको हुँदा बिना दर्ता र गुणस्तर परिक्षण बिक्रि गर्न दिने निर्णय फिर्ता गराउन , २०७४÷०२÷१७ गते स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने एबं औषधीमा आत्मनिर्भर उन्मुख गराउने निति तर्जुमा गर्ने सम्बन्धमा औषधी ब्यबस्था विभागका निर्देशकको संयोजकत्वमा अर्थ, उधोग, वाणिज्य, स्वास्थ्य तथा स्वतन्त्र अर्थविद सहितको विज्ञ समुहले दिएको प्रतिवेदनका आधारमा ३० वटा उत्पादनको कच्चापदार्थ मात्र आयात गर्ने निर्णय गरि मन्त्रालयबाट कार्यान्वयनको लागी कार्यतालिका सहित पठाइएको भएतापनि हालसम्म कार्यान्वयन नगरिएको प्रति संघले रोष प्रकट गरेको छ । यसको तत्काल कार्यान्वयन गर्न, २०७४÷०२÷१९ गतेको मन्त्रिपरिषदको निर्णयले स्वीकृत प्रबिधिजन्य स्वास्थ्य सामाग्री तथा उपकरण सम्बन्धि निर्देशिका २०७४ बमोजिम औषधी ब्यबस्था बिभागले नियमन गर्नेगरि स्वीकृति गरिएको भएतापनि ती सामाग्रीहरुको उत्पादन र नियमनको कुनैपनि कार्यको थालनी हालसम्म पनि नगरिदा मास्क, निसंक्रमक , पिपिई,कस्मेटिक, खाध्य परिपुरक लगायत उत्पादन नेपालमै उत्पादन हुनसक्ने भएतापनि उत्पादन अनुमति र प्रोत्साहन हुन नसकेको उल्लेख गरेको छ । साथै, यसको तत्काल कार्यान्वयन गर्न, स्वदेशी औषधी उधोगले कुनैपनि नयाँ औषधीको उत्पादन गर्न चाहेमा उत्पादन अनुज्ञा दिनु पूर्व औषधी सल्लाहकार समिति बाट स्वीकृत लिनुपर्ने तर सोहि औषधी आयात गर्न बिशेष अनुमति र पछि सल्लाहकार समितिबाट अनुमोदन गराउने ब्यबस्था गरिदा स्वदेशी उधोगले कुनै नयाँ औषधी उत्पादनको अनुमति मात्र लिन पनि बर्षौं कुर्नुपर्ने तर आयात गर्दा तत्काल अनुमति पाइने भएकाले स्वदेशी उधोगलाई भन्दा आयातलाई प्रोत्साहन गरिएको स्पस्ट पारेको छ । संघले स्वदेशी उत्पादकलाई प्रोत्साहन गरि उधोगको बिकाश गरि देशलाई आत्मनिर्भर बनाउन , स्वदेशी औषधी उधोगको जिएमपी प्रमाणिकरणको लागी निरिक्षण पश्चात पनि महिनौंसम्म प्रमाणिकरण नगर्ने तर बिदेशी उधोगको हकमा हप्ता दिनमै दर्जनौ उधोगको निरिक्षण गरि प्रमाणिकरण गर्ने गरिएको हुँदा स्वदेशी उधोगहरु निरुत्साहित भएको औल्याउदै स्वदेशी उत्पादकलाई प्रोत्साहन गरि उधोगको बिकाश गरि देशलाई आत्मानिर्भर बनाउन , हालै मिति २०७६÷११÷१९ गतेको राजपत्र मा प्रकाशित गरि स्वदेशी उधोगलाई मात्र भार पर्ने गरि कच्चापदार्थको आयात सिफारिसमा समेत दस्तुर लिने गरि असामान्य रुपमा १२ गुणा सम्म बृद्धि गरिएको हुँदा स्पष्ट रुपले आयातलाई प्रोत्साहन गरिएको देखिन्छ भन्दै यस्ता नेपाली उधोगहरुलाई बिकाश गर्न र देशलाई आत्मनिर्भर हुनबाट रोक्न गरिएका सम्पुर्ण निर्णय सच्चाउनु पर्ने माग राखेको छ ।
बिदेशीले कठिन समयमा औषधी निकासी रोक्न सक्ने तर हाम्रो सरकारले आत्मनिर्भर भईसकेको औषधी आयात रोक्न किन नसक्ने नेपाली उधोगको बिकाश र राष्ट्रलाई आत्मानिर्भर बनाउन,कोरोना भाइरसको संक्रमणको यो बेला गुणस्तरिय उत्पादन मात्र बजारमा पाउनु पर्नेमा सरकारको यो निर्णय गलत भएको उत्पादक संघ को भनाइ छ। धर्ना कार्यक्रम सरकारको बिरोध स्वरुप नभइ सरकारलाई ध्यानाकर्षण स्वरुप गरिएको हो र यो वा त्यो कुनै पनि बहानामा बिना दर्ता र गुणस्तर परिक्षण कुनै पनि स्वास्थ्य सामाग्रीको बिक्रि बितरन रोक्नु पर्छ भन्ने धारणा राखेको छ । जनताले प्रयोग गर्ने स्यानेटाइजर गुणस्तरिय हुनु पर्छ भन्दै संघ कुनै पनि हालतमा बिना दर्ता र गुणस्तर परिक्षण कुनै पनि स्वास्थ्य सामाग्री बिक्रीको बिरोधमा रहेको जनाएको छ । नेपाली उत्पादकहरूले पुर्ण रुपमा गुणस्तरको सुनिस्चितता र दर्ता गरेर आफ्ना उत्पादन बजारमा बिक्रि गरिरहदा विदेशबाट आयात हुने कुनै पनि उत्पादन दर्ता नगरी बजारमा बिक्रि गर्न पाउने सरकारको यो निर्णयले नेपालि औषधि उधोगलाई धरासायी बनाउन कुनै शक्ति लागिपरेको र राष्ट्रिय उधोगहरुलाइ जोगाउन उद्योगीहरु लगातार धर्ना र बिरोध गर्न वाध्य बनेको दर्शाइएको छ । नेपाली उधोगीहरु धर्नामा बसेर बिरोधको कार्यक्रम गरेको इतिहासमा नै पहिलो पटक भएको उल्लेख गर्दै नेपाल औषधि उत्पादक संघको धर्ना कार्यक्रमलाइ नेपाल आयुर्बेद उत्पादक संघ,निर्यात ब्यबसायी महासंघ ,कम्प्युटर एसोसियसन नेपाल,नेपाल जेम्स तथा ज्वलेरी एसोसियसनले पनि एक्यबद्धता जनाएको छ। देशलाई आत्मनिर्भर बनाउन आन्दोलन गरिएको संघले दाबी गरेको छ ।
FACEBOOK COMMENTS