काठमाडौं– नेपाल कपडा तथा सिलाई व्यवसायी संघ अध्यक्ष रामकृष्ण श्रेष्ठका कारण फुटको संघारमा पुगेको छ ।
श्रेष्ठको कार्यशैलीका कारण झण्डै दुई दशक देखि सक्रियरुपमा आफ्ना हकहित र अधिकारका निम्ति सक्रिय रहेरको संघ अहिले विभाजनको बाटोमा पुगेको हाे ।
संघ अपेक्षाकृतरुपमा अघि बढ्न नसकेको, सिमित व्यक्तिको अधिनभित्र रहि संघलाई ठगी खाने भाँडोकारुपमा प्रयोग गरिएको, जिल्ला संघका सक्रिय सदस्यहरुलाई पाखा लगाई आफ्ना नजिकका व्यक्तिहरुलाई आफूखुसी कार्यसमितिमा मनोनयन गर्नेजस्ता अवान्छनीय गतिबिधि अगाडि बढेको असन्तुष्टहरुले बताएका छन् ।
‘विशेषत वर्तमान अध्यक्ष रामकृष्ण श्रेष्ठका कारण संघको झण्डै २ दशक लामो यात्रामा संघ यति धेरै कमजोर भएको यो पहिलो पटक हो, संघ फुटको संघारमा पुगिसकेको छ,’ एक सदस्यले भने ।
अध्यक्ष श्रेष्ठले विधानसम्मत सम्पन्न विभिन्न जिल्ला संघका साधारणसभामा ठाडो हस्तक्षेप गरी आफूइतरका व्यक्तिलाई प्राथमिकता दिने, सक्षम, अनुभवी र मिहिनेती व्यक्तिहरुलाई पाखा लगाउने काम गरेको आरोप छ ।
‘चाहे रामेछापमा अपनाएका आफ्ना रवैया हुन् या कास्कीमा सक्रिय पदाधिकारी सदस्य माथि गरेको अन्यायपूर्ण व्यवहारले सिङ्गो संघलाई लज्जीत बनाएको छ,’ कास्की जिल्ला संघका एक सदस्यले बताए । यदि यस्तै रवैया कायम रहे यस संघभित्र आफूहरु अट्न नसक्ने उनले बताएका छन् ।
अध्यक्ष श्रेष्ठले वार्षिक साधारणसभा समयमा नगरेको , ५४ वटा जिल्ला कार्यसमितिमध्ये १० वटाको मात्र साधारणसभा भएको लगाएत थुप्रै अशन्तुष्टिका कारण श्रेष्ठसंगै मिल्न नसक्ने बताएका छन् ।
अध्यक्ष श्रेष्ठलाई लागेका विभिन्न आरोप जसले संघ विभाजनको बाटोमा छः
आफ्नो पक्षमा नरहेका जिल्लाका कार्यसमितिहरु कास्की, रामेछाप, वाग्लुङ, म्याग्दी, पर्वतलाई जथाभावी व्यवहार गरेको ।
रामेछाप जिल्लाका सचिव इश्वर बरालकाअनुसार जिल्लाको विशेष साधारण सभामा सबैको कार्यकाल १ वर्ष बाँकी रहँदा रहँदै केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले बलजफ्ती नयाँ कार्यसमिति रातको १२ बजे घोषणा गरेको भन्दै त्यहाँबाट विरोध हुँदै आएको ।
विधान विपरित कार्य गरेको भन्दै प्रदेश नम्बर ४ का जिल्लाहरुबाट केन्द्रीय संघको कार्यक्रम बहिस्कार हुँदै आएको ।
कास्की जिल्ला संस्थापक अध्यक्ष शम्भु खातीद्वारा विधान विपरित कार्यसमितिबारे पटक पटक प्रेस विज्ञप्ति तथा केन्द्रमा निवेदन दिंदा कास्की जिल्लालाई नै अवैधानिक मानिएको ।
त्यस्तै कास्की जिल्लाका संस्थापक अध्यक्ष शम्भु खातीबाट यो अवस्थाको समाधान नगरे कानूनी बाटो अपनाउने र यस्तै थिचोमिचोको निरन्तरता भयो भने संघ एउटै भएर बस्न गाह्रो हुने अवस्था छ भन्दासमेत कुनै वास्ता नगरिएको ।
केन्द्रीय कार्यसमितिमा निर्वाचित हुन कम्तिमा २ वर्ष जिल्ला कार्यसमितिमा काम गरेको हुनुपर्ने व्यवस्था रहँदा रहँदै कास्की जिल्लाबाट साधारण सदस्यसमेत नविकरण नगरेका र कार्यसमितिमा काम नगरेको सदस्य श्री कृष्ण शेवानलाई मनोनयन गरेको ।
FACEBOOK COMMENTS