काठमाडौं, १३आश्विन- नेपाल आजशाट खुला दिसामुक्त देश बनेको छ । राष्ट्रिय सभागृहमा आज आयोजित खुला दिसामुक्त राष्ट्र घोषणा एवं पूर्ण सरसफाइतर्फ अग्रसर नेपालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुल्ला दिसामुक्त देश भएको घोषणा गरेसँगै नेपाल खुला दिसामुक्त राष्ट्र बनेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालका लागि ऐतिहासिक पहल भएको बताए। युएनलगायतका प्रतिनिधिहरुले सरसफाइमा नेपाल सरकारले गरेको तीव्र प्रगतिको सराहाना गरेका थिए।
घोषणा कार्यक्रममा मन्त्री मोहम्मद इस्तियाक राई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा।सुरेन्द्र यादव, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेललगायतले नेपाल खुला दिशामुक्त क्षेत्र घोषणा गरेर उदाहरणीय काम गरेको बताएका थिए ।
FACEBOOK COMMENTS